पोखरा – पोखरामा अवैध लागु औषध सहित तीनजना युवा पक्राउ परेका छन् ।
पोखरा र आसपासमा लागु औषधको बेचविखन हुँदैछ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले अपराह्न्न ४ बजेको समयमा पोखरा महानगरपालिका वडा नं -८ सिर्जनाचोकबाट अवैध लागु औषध सहित तीनजनालाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट नुर्फिन २६ थान, डाइजेपाम २६ थान र फेनेरागन २६ थान वरामद गरेको छ ।
पक्राउ पर्नेमा पोखरा -२३ घर भइ हाल सृजनाचोक वस्दै आएका पेशाले सवारी चालक बर्ष २१ का नविन परियार, पोखरा -२८ घर भइ सृजनाचोक बस्दै आएका पेशाले पेन्टिङको काम गर्ने बर्ष १९ का शिवजी तिवारी र दाङ तुलसिपुर उपमहानगरपालिका -९ घर भइ हाल पोखरा -८ फिर्के बस्दै आएका पेशाले सवारी चालक बर्ष २३ का राजकुमार चौधरी रहेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए।
पक्राउ परेका तीनैजनालाई लागू औषध नियन्त्रण ऐन, २०३३ विपरितको कसूर अन्तर्गत मुद्दा दर्ता गरिएकोमा कास्की जिल्ला अदालतबाट दिन दश दिनको म्याद थप गरी आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित खबर
स्याङ्जा प्रहरीको सूचना शैलीमाथी प्रश्न: घटना हुँदा मौन, मासिक प्रतिवेदनमा विवरण छरपस्ट
स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना
स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा
स्याङ्जामा पूर्वाधार विकास कार्यालयको ५५ प्रतिशत बजेट खर्च
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
लेखनाथमा गुरुकुल सञ्चालन गरिने
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
७६ वर्षीया बृद्धामाथि जबर्जस्ती करणीको आरोपमा २१ वर्षीय युवक पक्राउ