पोखरा – पोखरामा अवैध लागु औषध सहित तीनजना युवा पक्राउ परेका छन् ।
पोखरा र आसपासमा लागु औषधको बेचविखन हुँदैछ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले अपराह्न्न ४ बजेको समयमा पोखरा महानगरपालिका वडा नं -८ सिर्जनाचोकबाट अवैध लागु औषध सहित तीनजनालाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट नुर्फिन २६ थान, डाइजेपाम २६ थान र फेनेरागन २६ थान वरामद गरेको छ ।
पक्राउ पर्नेमा पोखरा -२३ घर भइ हाल सृजनाचोक वस्दै आएका पेशाले सवारी चालक बर्ष २१ का नविन परियार, पोखरा -२८ घर भइ सृजनाचोक बस्दै आएका पेशाले पेन्टिङको काम गर्ने बर्ष १९ का शिवजी तिवारी र दाङ तुलसिपुर उपमहानगरपालिका -९ घर भइ हाल पोखरा -८ फिर्के बस्दै आएका पेशाले सवारी चालक बर्ष २३ का राजकुमार चौधरी रहेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए।
पक्राउ परेका तीनैजनालाई लागू औषध नियन्त्रण ऐन, २०३३ विपरितको कसूर अन्तर्गत मुद्दा दर्ता गरिएकोमा कास्की जिल्ला अदालतबाट दिन दश दिनको म्याद थप गरी आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित खबर
विद्यालयको जग्गा सशस्त्र प्रहरीलाई दिने मन्त्रिपरिषद्को निर्णय विवादमा
वर्षाका कारण कालीगण्डकी गोल्डकप स्थगित, दुई दिनपछि हुने
स्याङ्जामा ६४ वर्षीय पुरुष मृत फेला
स्याङ्जामा तीन महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व
पढाइसँगै खेतीपातीमा रमाउँदै प्रद्युम्न पनेरू माविका विद्यार्थी
स्याङ्जामा सशस्त्र प्रहरीले ग्यास सेल फायरिङ अभ्यास गर्ने
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते