मुस्ताङमा घर भत्किएर च्यापिंदा नातिको घटनास्थलमै मृत्यु, हजुरवुवा घाइते

मुस्ताङमा घर भत्किएर च्यापिंदा नातिको घटनास्थलमै मृत्यु, हजुरवुवा घाइते

dead-body-of-child

मुस्ताङ –  अविरल बर्षाका कारण घर भत्किंदा मुस्ताङमा नातिको घटनास्थलमै मृत्यु भएको छ भने, हजुरवुवा घाइते भएका छन ।

जिल्लाको थासाङ गाउँपालिका वडा नं -२ न्याउरीकोट बस्ने अन्दाजी बर्ष ७०/७५ का प्रसाद गौचनको माटो र ढुंगाले बनेको दुई तले कच्ची घर निरन्तर बर्षाका कारण भत्किएर च्याप्दा उनका नाति अन्दाजी १७ वर्षका निसान तुलाचनको घटनास्थलमै मृत्यु भएको हो । घटनामा हजुरवुवा गौचन समेत घाइते भएका छन् । उनको टाउको, हात र कानमा चोट लागेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

हाल घाइतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य चौकी लेते लगिएको छ । घटनाको जानकारी लगत्तै खटिएको प्रहरीको टोलीले घटनाका बिषयमा अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ