सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न जाने पक्का भएको छ। उनी भोलि वेष्ट इन्डिज प्रस्थान गर्ने भएका छन् । हवाइ टिकटको टुङ्गो लाग्ने सम्भावना कम भएकाले केही दिनअघि उनको सिपिएल यात्रा अन्योलमा परेको चर्चा चलेको थियो ।
नेपाली राष्ट्रिय क्रिकेट टिममा भिडियो एनालिस्ट रमन सिवाकोटीले आज ट्विटमार्फत सन्दीपको सिपिएल यात्रा पक्का भएको जानकारी दिएका हुन् । ‘सन्दीपले सिपिएल खेल्ने पक्का भएको छ ।
तेस्रो सिजन सिपिएल खेल्ने तयारीमा रहेका सन्दीपलाई यो सिजन जमैका तलावाजले ९० हजार अमेरिेकी डलरमा अनुबन्धन गरेको छ । यो सिजनको सिपिएल अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म ट्रिनिडाड एण्ड टोबागोमा हुँदैछ ।
आइसिसीको नियमअनुसार सन्दीपले १४ दिन क्वारेन्टाइनमा बसेर मात्र क्लबको प्रशिक्षणमा सहभागी हुन पाउने छन् । सन्दीपको टिमले १९ अगस्टमा सेन्ट लुसिया जुक्सविरुद्धको खेलबाट प्रतियोगिताको सुरुवात गर्नेछ । कोरोना भाइरसको माहामारीको कारण ठप्प बनेको हवाई उडानको कारण सन्दीपले प्रतियोगिता गुमाउने सक्ने आशंका गरिएको थियो। तर अन्तिम समयमा चार्टर्ड फ्लाइटमार्फत उनी प्रतियोगिता खेल्न जाने भएका हुन् ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु