वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै १८ लाख ठग्ने पक्राउ

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै १८ लाख ठग्ने पक्राउ

arrest

सांकेतिक तस्विर

काठमाडौं ।वैदेशिक (चेक रिपब्लिक) रोजगारीमा पठाईदिन्छु भन्दै १८ लाख भन्दा बढी ठग्ने रमेश कमरलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बिभिन्न प्रलोभनमा पारी विश्वास दिलाई नगद एघार लाख तेह्र हजार ठगी गरी सम्पर्क विहीन भई फरार रहेको जनाएको छ ।

प्रहरीमा उजुरी पर्दा ११ लाख मात्र ठगेको परेपनि खोजतलास गर्दा अन्य १५ जना व्यक्तिहरुबाट समेत विभिन्न देश पठाईदिन्छु भन्दै १८ लाख मात्र ठगी गरेको खुल्न आएको जनाएको छ ।

कमरलाई महाशाखाबाट खटिइएको प्रहरी टोलीले बुधबार दिउसो बसुन्धाराबाट पक्राउ गरी थप अनुसन्धानको लागी काठमाण्डौ प्रहरी परिसर पठाईएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds