पोखरा – पोखरा विश्वविद्यालयमा विगत एघार महिनादेखि रिक्त पदाधिकारीहरुको नियुक्तीको माग गर्दै विद्यार्थी नेताहरुले प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका छन् ।
विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी यूनियनका संस्थापक सभापति सुनिल तिमिल्सिना र पोखरा ईञ्जीनियरिङ्ग कलेजको स्वतन्त्र विद्यार्थी परिषदका सभापति किशोर सुवेदीले संयुक्त रुपमा सो ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले पदाधिकारी नियुक्ती छिटै हुने आश्वासन दिएको भेटमा सहभागी विद्यार्थी नेता सन्तोष पोख्रेलले जानकारी दिए ।
विगत ११ महिनादेखि उपकुलपति, रजिष्ट्रार, डिन, कार्यकारी परिषद, प्राज्ञिक परिषद, परीक्षा नियन्त्रक, परीक्षा समिति, निर्देशक लगायतका पदहरु रिक्त हुँदा विश्वविद्यालयका गतिविधिहरु ठप्प छन् । यही कारण गत वर्षको दीक्षान्त, विद्यार्थीहरुको परीक्षा, परीक्षाफल प्रकाशन, शैक्षिक कागजात वितरण, अनलाइन कक्षा तथा परीक्षाबारे नीतिगत निर्णय, बजेट सभा आदि हुन सकेको छैन ।
यी समस्याका कारण पोखरा विश्वविद्यालयका विद्यार्थीहरु लकडाउन अन्त्य लगतै आन्दोलनमा उत्रिएका छन् । यसैको निरन्तरतामा अनेरास्ववियूले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको संगठनका पोखरा ईञ्जीनियरिङ्ग कलेज कमिटीका अध्यक्ष सुन्दर गिरीले बताए ।

सम्बन्धित खबर
जोर्ज जोनको ९५ औं जन्मदिनमा पोखरा वृद्धाश्रममा भोजनदान
कास्की अन्तरविद्यालय स्क्राबल च्याम्पियनसिप सम्पन्न, ८ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट
पोउवा संघको ७२ वर्षे इतिहासमा पहिलो महिला नेतृत्व, अध्यक्षमा शोभा गौतम निर्वाचित
भोटेकोशी बाढीपछि सम्पर्कविहीन आठ जनाका परिवारबाट डीएनए नमुना
अवैध रूपमा कंक्रिट ओसारपसार गर्ने टिप्परलाई २५ हजार जरिवाना
एन प्याब्सन कास्कीको अध्यक्षमा मनकाजी निर्विरोध
यो पनि पढौँ
बाढीपीडितका लागि अटोवेज, प्रतिभा मावि र गोविन्द–कलावती फाउन्डेसनबाट ४१ लाख बढी सहयोग
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी