श्रीमानलाई खाना लिएर जाने क्रममा खोलाले बगाएर मृत्यु

श्रीमानलाई खाना लिएर जाने क्रममा खोलाले बगाएर मृत्यु

khola

नवलपुर – श्रीमानलाई खाना लिएर जाने क्रममा खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको हुप्सेकोट गाउँपालिका वडा नं २ र ३ को सिमाना कोलियास्थित गिरुबारी खोलाले बगाउँदा २४ बर्षीया सीता परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता मोहन बहादुर खांडले गण्डक न्युजलाई जानकारी दिए ।

खांडका अनुसार बिहिबार बिहान अन्दाजी ९ :३० बजेको समयमा काम गरीरहेका श्रीमानलाई खाना पुर्याउन गएकी सितालाई गिरुबारी खोलाले बगाएको हो । सितालाई बगाएको खबर लगत्तै स्थानीय र प्रहरीको टोलीले तत्काल उद्दारको प्रयास गरेपनि खोजिकार्य गर्दै जाँदा अन्दाजी तीन किलोमिटर तल मध्यविन्दु नगरपालिका -९ सिम्रेनीमा मृत अवस्थामा उनको शव फेला परेको थियो ।

हाल उनको शवलाई पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चोरमारा लागिएको छ । भने, घटनाका बिषयमा थप अनुसन्धान भैरहेको खांडको भनाई छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds