स्याङ्गजाको वालिङमा जीप दुर्घटना, एक जनाको मृत्यु

स्याङ्गजाको वालिङमा जीप दुर्घटना, एक जनाको मृत्यु

accidient

स्याङ्गजा – स्याङ्गजाको वालिङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

वालिङस्थित बायटारी बजारबाट सिर्सेकोट मैदानका लागि छुटेको ग १ ज ७४७१ नंबरको जीप बिहिबार साँझ अन्दाजी ६ बजेको समयमा वालिङ -१२ लामपाते नजिकै जैरामेमा दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको स्थानीय हिक्मत गुरुङले जानकारी दिए । दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि वालिङ लगिएको छ । जीप सडकबाट अन्दाजी १०/१५  मीटर तल खसेको बताइएको छ ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ