पोखरा २९ आदर्शचोकका गिरिधारी दवाडी नौ दिनदेखी सम्पर्कबिहिन

पोखरा २९ आदर्शचोकका गिरिधारी दवाडी नौ दिनदेखी सम्पर्कबिहिन

giridhari dawadi

पोखरा – मादी गाउँपालिका वडा नं ९ मुग्रीबेसी स्थायी बसोबास भई पोखरा–२९ भण्ढारढिक आदर्श चोक बस्दै आएका ६६ वर्षीय गिरिधारी दवाडी हराएको नौ दिनसम्म पनि फेला नपरेपछि परिवारका सदस्य चिन्तामा छन् ।

यही साउन ८ गते बिहान ४.०० बजेदेखि परिवार एवम् आफन्तजनको सम्पर्कमा नरहेका दवाडीको खोजी गरिराखिए पनि हालसम्म कुनै जानकारी पाउन नसकिएको उहाँका छोरा सुरेन्द्र दवाडीले जानकारी दिए ।
परिवार एवम् आफन्तजनको सम्पर्कमा नआएपछि प्रहरीमा सोही दिन खबर गर्नुका सम्भाव्य स्थानमा खोजी कार्य जारी राखिएको उनले बताए ।

कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालय वा ९८०६५३८६९१ मा खबर गरिदिन परिवारजनले अनुरोध गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ