प्रलोभनमा पारी पर्वत, झापा र मोरङका ६ महिलालाई दिल्लीमा बन्धक बनाउने दुई पक्राउ

प्रलोभनमा पारी पर्वत, झापा र मोरङका ६ महिलालाई दिल्लीमा बन्धक बनाउने दुई पक्राउ

arrested

सांकेतिक तस्विर

काठमाण्डौ – कुवेत, साउदी र ईराकमा राम्रो रोजगारीको अवसर छ भन्दै प्रलोभनमा पारी भारतमा लगेर ६ महिलालाई बन्धक बनाएको अभियोगमा २ जनालाई प्रहरी प्रधान कार्यालय मावन बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सुनसरी धरान उपमहानगरपालिका-११ बस्ने खोटाङ राबाबेसी गाउँपालिका-१ घर भएका ३९ वर्षीय पुष्प परियार र काठमाडौं महानगरपालिका-२ लाजिम्पाट बस्ने दाङ घोराही उपमहानगरपालिका-९ घर भएका ५६ वर्षीय प्रविन शबिन शाह रहेका छन् ।

उनीहरुले झापा, मोरङ र पर्वतबाट  ६ जना महिलालाई प्रलोभनमा पारी २०७६ फागुन ३० गते नेपालगंज नाका हुँदै भारतको नयाँ दिल्ली पुर्याएर एउटा घरमा बन्धक बनाई शारिरिक तथा मानसिक यातना दिएको ब्यूरोले जनाएको छ । बन्धकमा रहेका उनीहरुलाई ब्यूरो र शान्ति पुनर्स्थापना केन्द्र नयाँ दिल्ली समेतको सहयोगमा उद्दार गरी काठमाण्डौ ल्याइएको हो ।

पक्राउ परेका उनीहरू उपर थप अनुसन्धान भइरहेको व्यूरोको भनाई छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ