स्याङ्जाका पौडेल नक्कली नोट छाप्दै गरेको अवस्थामा पक्राउ

स्याङ्जाका पौडेल नक्कली नोट छाप्दै गरेको अवस्थामा पक्राउ

arrest-pakrau

सांकेतिक तस्विर

काठमाण्डौ – फोटोकपी मेसिनबाट नक्कली नोट छाप्दै गरेको अवस्थामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

स्याङजा जिल्ला चापाकोट नगरपालिका – ५ घर भई हाल काठमाण्डौ बस्दै आएका बर्ष ३८ का नारायण पौडेललाई शान्तिनगर चोकबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

नक्कली नोट फोटोकपी गरी प्रयोगमा ल्याउने गरेको भन्ने सुचनाको आधारमा महानगरीय प्रहरी बृत्त नयाबानेश्वरबाट खटिएको प्रहरीको टोलीले फोटोकपी गर्दै गरेको अवस्थामा उनलाई पक्राउ गरेको हो ।

प्रहरीले कलर प्रिन्ट १ थान, फोटोकपी मेसिन १ थान र फोटोकपी गरी तयारी अवस्थाको एक हजारको नोट १० थान समेत वरामद गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ