मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा तनहुँका वराल घाइते

मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा तनहुँका वराल घाइते

accident

पोखरा – आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा एक ब्याक्ति घाइते भएका छन।

पृथ्बी राजमार्ग अन्तर्गत पोखरा महानगरपालिका वडा नं -३२ स्थित तल्लो गगनगौंडामा ग १३ प ८६५७ नंबरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा शुक्लागण्डकी -५ बेलचौतारा बस्ने बर्ष २८ का संजिप वराल घाइते भएको प्रहरी नायव उपरीक्षक अरुण कुमार भण्डारीले जानकारी दिए ।

आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भएपछि वराल सडक छेउको खाल्डोमा खसेर घाइते भएका थिए ।

घाइते वराललाई उपचारका लागि पोखरा स्थित गण्डकी मेडिकल कलेज भर्ना गरिएको छ । हाल उनको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ