दोहन मानसिकताका जनप्रतिनिधी र कर्मचारीका कारण पोखरा स्मार्ट बन्न सक्दैन : जसपा

दोहन मानसिकताका जनप्रतिनिधी र कर्मचारीका कारण पोखरा स्मार्ट बन्न सक्दैन : जसपा

jasapa-pokhara-mahanagar

पोखरा – बैकल्पिक राजनीतिक शक्ति जनता समाजवादी पार्टीले पोखरा महानगरपालिकालाई ध्यानाकर्षण गराएको छ। जनसवाल, जनसरोकार, सुशासन, समृद्धिका निम्ति र अनियमितताको अन्त्यका लागि जनता समाजवादी पार्टी पोखरा महानगर समितिले शुक्रवार १४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले एकदिन अघि नै समय उपलब्ध गराएर पनि अनुपस्थितिका कारण महानगरका प्रमुख प्रसासकिय अधिकृत महेस बराललाई जसपा महानगर समिति अध्यक्ष टिकाराम पौडेलले ध्यानाकर्षण पत्र बुझाएका हुन ।

पोखरा प्रकृति र संस्कृतिले सुन्दर भए पनि अति राजनीतिकरण, दोहन गर्ने मानसिकता भएका जनप्रतिनीधि, कर्मचारी र उनीहरुसँगको मिलीमतोमा हुने गरेका अनियमितता अन्त्य नगरेसम्म पोखरा स्मार्ट कहिलै बन्न नसक्ने अध्यक्ष पौडेलले बताए । ‘मेयरले समय दिएर पनि अनुपस्थितीले जसपालाई अपमान गरेको भन्दै आक्रोश समेत व्यक्त गर्दै कामै परेको भए पनि एक कल फोन गर्दा हुन्थ्यो पौडेलले गुनासो पोखे ।’ स्मार्ट घोषणा गरेको पोखरा महानगरलाई सुशासित र समृद्ध बनाउन सघाउन जनता समाजवादी पार्टीले चाहेको पौडेलको भनाई थियो भने प्रमुख प्रसासकिय अधिकृत महेस बरालले ग्रहण गरेको पत्र महानगर प्रमुखलाई बुझाउने माध्यम मात्र आफु बन्ने, प्रमुखका निर्णयलाई आफुहरुलाई सघाउने बताए ।

जसपाको १४ बुँदे ध्यानाकर्षणपत्रमा महानगरका ठेक्का, टेण्डर, राजश्वसँग सम्बन्धित अनियमितताको तत्काल छानबिन गरी दोषीलाई कारवाही र राजश्व असुली गर्नुपर्ने, कोभिड १९ महामारीका बेला महानगरले स्थापित विपद व्यवस्थापन कोषको पारदर्शिता, विद्यालयहरुबाट क्वारेन्टाउन हर्टा पठनपाठनको वातावरण बनाउनुपर्ने, पार्किङ व्यवस्थापन,फेवा लगायतका ताल तलैया संरक्षण गर्नुपर्ने उल्लेख छ।

यसरी नै विकास निर्माणमा राजनीतिकरणको अन्त्य, असारे विकास होइन बैशाख मसान्तरमा निर्माण सम्पन्न गर्ने प्रावधान, सडकका खाल्डाहरु २४ घण्टाभित्र मर्मत, कर्मचारीलाई प्रविधीमैत्री र आवाश्यकलाई तत्काल स्थायी गर्नुपर्ने, अतिक्रमित संरचना हटाई दिर्घकालिन मापदण्ड कायम, महंगी नियन्त्रण र मुल्यसुचि व्यवस्था, पोखराभित्रका नदिखोलाहरुमा करिडोर निर्माण, वास्तविक सुकुम्बासी पहिचान गरी निश्चित स्थानमा अर्पाटमेण्ट निर्माण गरी बसोबास व्यस्थित गर्नुपर्ने, वडा कार्यालयहरु संचार र प्रविधीमैत्री, फोहोर मैला व्यवस्थापन एवम चार पाँच स्थानमा भेक मिल्ने गरी ल्याण्डफिल्ड साइट निर्माण, बाढी पहिरो पीडितलाई तत्काल राहतको व्यवस्था गर्न महानगरलाई ध्यानाकर्षण गरेको छ।

पोखरा महानगरको ध्यानाकृष्ट नभए सुशासन, सदाचार, पारदर्शिता, समृद्धि र जनसरोकारका निम्ती जनता समाजवादी पार्टी आन्दोलित हुनुपर्ने कोणसभाका वक्ताहरुले चेतावनी दिएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ