नेपालमा २ महिला कोरोना संक्रमितको मृत्यु

नेपालमा २ महिला कोरोना संक्रमितको मृत्यु

corona death

पर्साको विरगञ्जमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । एक महिलाको शुक्रबार राति मृत्यु भए पनि शनिबार मात्र अस्पतालले जानकारी दिएको हो भने अर्की एक महिलाको शनिबार साँझ मृत्यु भएको हो।

वीरगञ्ज-१६ नगवा बस्ने ६० वर्षीया महिलाको शनिबार साँझ ६ बजे मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

‘बयोधा अस्पतालबाट नारायणी कोरोना विशेष अस्पतालमा लैजाने क्रममा शनिबार साँझ थप एक जना महिलाको मृत्यु भयो । उहाँको हिजो कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा आज मात्र रिपोर्ट पोजेटिभ आएको हो ।’

यसअघि हिजो मृत्यु भएकी ५० वर्षीय महिलाको पनि मृत्यु पछि मात्रै कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो ।

नारायणी बयोधा अस्पतालमा मृत्यु भएकी वीरगञ्ज-१६ नगवाकी ५० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डाक्टर निरज सिंहले पुष्टि गरेका हुन ।

यससँगै पछिल्लो १० दिनमा वीरगञ्जमा मात्र कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।

यी दुबै जनाको मृत्यु कोरोनाका कारण भएको अस्पतालले पुष्टि गरे पनि स्वास्थ्य मन्त्रालयले भने पुष्टि गर्न बाँकी छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ