लोडरको बकेटले लागेर पोखरामा ट्याक्टर चालकको मृत्यु

लोडरको बकेटले लागेर पोखरामा ट्याक्टर चालकको मृत्यु

lodar-baket

पोखरा – लोडरको बकेटले लागेर पोखरामा ट्याक्टर चालकको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका वडा नं -२९ सैनिक घाटमा पानीमा डुबेको ट्याक्टरलाई बाहिर निकाल्ने क्रममा लोडरको बकेटले लागेर ट्याक्टर चालक गोरखा जिल्ला घर भइ हाल पोखरा -२७ अर्घौंचोक बस्ने बर्ष ३५ का दिपेन्द्र गुरुङको मृत्यु भएको प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

रेग्मीका अनुसार ग १ त ६२०९ नम्वरको ट्याक्टर वालुवा निकाल्ने क्रममा गहिरो पानीमा फस्न पुगेको र नजिकै रहेको क्रसर उद्योगको ग १ क ३८९४ नम्वरको लोडरले बाहिर निकाल्ने क्रममा बकेटले लागेर गम्भिर घाइते भएका गुरुङलाई उपचारका लागि चरक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

हाल प्रहरीले ट्याक्टर, लोडर र लोडरका चालकलाई नियन्त्रमा लिइ घटनाका बिषयमा अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ