गोंगबु हत्या प्रकरण: कारण ‘प्रेम र यौन’ आरोपितको बयान- ‘नांंगो तस्बिर सार्वजनिक गरेपछि मारिदिएँ

गोंगबु हत्या प्रकरण: कारण ‘प्रेम र यौन’ आरोपितको बयान- ‘नांंगो तस्बिर सार्वजनिक गरेपछि मारिदिएँ

kalpana bohora

काठमाडौं– आफ्नो नांगो तस्बिर सार्वजनिक गरेपछि कृष्णबहादुर बोहोराको हत्या गरेको बयान आरोपित महिलाले दिएकी छन्। बोहोराले आफ्नो नामको नक्कली फेसबुक आइडी बनाएर नंग्न तस्बिर सार्वजनिक गरेको कल्पना मुडभरी पौडेलले प्रहरीसँग बताएकी छन्। त्यही रिसको झोकमा सहन नसकेर बोहोराको हत्या गरेको कल्पनालाई उधृत गर्दै प्रहरीले जनाएको छ।

घटनामा संलग्न भनिएका आमाछोरीसँगको बयानका आधारमा प्रहरीले घटना प्रेम र यौनका कारण भएको निष्कर्ष निकालेको हो। अन्तरंग तस्वीरहरु नक्कली फेसबुक आईडी बनाएर सार्वजनिक गर्न थालेपछि र आफूअनुकूल चल्न दबाव दिन थालेपछि हत्या गरेको वयान उनले दिएको अपराध अनुसन्धान महाशाखा प्रमुख दीपक थापाले जानकारी दिए ।

चितवनबाट पक्राउ परेकी कल्पना मुडभरी पौडेलले बोहोराको हत्या गरेको स्वीकार्दै प्रहरीसमक्ष यस्तो बयान दिएकी हुन्। प्रहरीले मंगलबार पत्रकार सम्मेलनमार्फत कल्पनालाई सार्वजनिक गरेको छ।  उनले भने, ‘औषधि सेवनबाट बेहोस भएपछि कल्पनाले बोहोराको अण्डकोष काटिदिएको खुलेको छ।’ हत्यापछि चक्कुले खुट्टा र टाउको छिनाले र शव व्यवस्थापन गरेको पाइएको एसएसपी श्यामलाल ज्ञवालीले बताए।

प्रहरीले शव व्यवस्थापनमा कल्पनालाई उनकी १० कक्षामा पढ्ने छोरीले सहयोग गरेको जनाएको छ।  कल्पना मुडभरी पौडेलले हत्यापछिको बिहान तालिम प्राप्त कुकुरसहित प्रहरी टोली आएको देखेपछि चिनेको एम्बुलेन्स चालकसँग छोराछोरीसहित चितवन गएको बताएकी छन्।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले ‘जो जो’ नामक तालिम प्राप्त कुकुरको सहायतामा अनुसन्धान सफल भएकाले अप्रेसनको नाम नै ‘जो जो’ राखिएको बताए।

काटिसकेपछि शरीर सुटकेसमा तथा खुुट्टा र टाउको जेब्रा झोलामा राखेर छुुट्टाछुुट्टै स्थानमा फालिएको थियो। शव मिल्काउन छोरीको सहयोग लिएको कल्पनाले बताएकी छन्। उनी बस्दै आएको घरका मालिक अमेरिका बस्ने र छोरीको बिहेमा साढे दुई लाख ऋण समेत प्रदान गरेको खुलेको छ। यस्तै उनले विगत एक वर्षदेखि घरभाडा पनि नतिरेको देखिएको छ।

महिला र मृतकबीचको सम्बन्ध

आरोपी कल्पना मुडभरी (पौडेल) र मृतक रोल्पाका कृष्णबहादुर बोहोराबीच करिब ३–४ वर्षदेखि फेसबुकमार्फत चिनाजानी भइ सम्पर्क हुँदै आएको खुलेको छ । महिला र मृतकबीच प्रेमसम्बन्ध रहेको पाइएको छ। यद्यपी प्रहरीले प्रेम र आर्थिक लेनदेनका विषयमा भने औपचारिक रुपमा केही खुलाएको छैन । पति वैदेशिक रोजगारीमा गएका छन्। कल्पना र उनका श्रीमानबिच विगत दुई वर्षदेखि सम्बन्ध राम्रो नरहेको पनि खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतक बिगत ८ महिनादेखि होटलमा बस्दै आएका थिए भने कल्पनाबीच फेसबुकमार्फत चिनाजानी भएर निकटता बढेको थियो । उनीहरु बेलाबेलामा एकअर्काको कोठामा आउजाउसमेत गर्थे ।

उनीहरुबीच यौनसम्बन्धसमेत रहेको प्रहरी स्रोतको जनाएको छ। मृतक बोहोराले कल्पनाकी १५ वर्षीया छोरीलाई समेत ‘आँखा लगाएपछि’ उनले हत्या योजना बनाएको खुलेको छ। आफूहरुबीच यौन सम्बन्धम हुँदा खिचेको फोटोलाई नक्कली आइडीमार्फत सार्वजनिक गर्दै छोरीलाई समेत कुदृष्टि राखेर ब्ल्याकमेल गर्न थालेपछि मार्ने बाहेक विकल्प नदेखेको युवतीले बताएकी छन् । दुई छोरी र एक छोरा मध्ये कल्पनाको जेठी छोरीको गएको वर्ष विवाह भएको थियो । उनी गोंगबुमा कान्छी छोरी र छोरासँग बस्दै आएकी थिइन्।

कल्पना कलाकार समेत रहेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कल्पनाले केही टेलिश्रृंखलामा अभिनय गरेकी छिन् ।

गोंगबु हत्या प्रकरण: फेसबुकमा नांगो फोटो राखेपछि रक्सीमा औषधि मिसाई अण्डकोषमा हानेर हत्या

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ