मुस्ताङमा मोटरसाइकलको कार्बोरेटर चुस्दा बालकको मृत्यु

मुस्ताङमा मोटरसाइकलको कार्बोरेटर चुस्दा बालकको मृत्यु

dead-body-of-child

मुस्ताङ –  मुस्ताङमा मोटरसाइकलको कार्बोरेटर चुस्दा एक बालकको मृत्यु भएको छ । धुनषा जिल्ला घर भइ घरपोङ गाउँपालिका वडा नं -३ जोमसोम स्थित त्रिशुला मोटरसाइकल वर्कशप संचालन गर्दै आएका संचालक किरण थापाको १७ महिने छोराको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार बिहान अन्दाजी १० बजेको समयमा आफ्नै वर्कशपमा मोटरसाइकलमा प्रयोग हुने कार्बोरेटर चुसेर अचानक विरामी भएका बालकलाई उपचारका अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ