पोखरा २७ का तीन सहित गण्डकीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी

पोखरा २७ का तीन सहित गण्डकीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी

kathmandu

पोखरा –  गण्डकीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य निर्देशनालयको पछिल्लो अद्यावधिक विवरण अनुसार प्रदेशका तीन जिल्लाका ६ जनामा कोरोना पुष्टी भएको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

संक्रमितहरु कास्की, नवलपुर र तनहुँ जिल्लाका छन । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा कास्कीको पोखरा महानगरपालिका वडा नं -२७  का ३२ र ४४ बर्षका पुरुष र ३१ बर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको छ ।

यस्तै तनहुँको भिमाद नगरपालिका -६ का ३९ बर्षीय पुरुष र नवलपुर कावासोती नगरपालिका -१७ का ४१ बर्षीय पुरुष र अर्का वडा नखुलेको २७ बर्षका पुरुषमा कोरोना संक्रमण पुष्टी भएको निर्देशनालयले जनाएको छ।

संक्रमित व्याक्तिहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा राखिएको छ । यो संगै गण्डकीमा कोरोना संक्रमितको संख्या १६५६ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ