किरण श्रेष्ठ, तनहुँ । तनहुँमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भानु नगरपालिकाको वडा नम्बर २ र ४ का ३० र ६१ वर्षीय दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
शनिबार बिहान स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार भानुमा २ जना नयाँ संक्रमिति थपिएका हुन् ।
शनिबार थपिएका संक्रमित भानु-४ का जनप्रतिनिधि र भानु-२ आएका चितवनका एक निर्माण व्यवसायी रहेको भानु नगरपालिकाका जनस्वास्थ्य अधिकृत ऐश्वर्य चन्द्र भट्टराईले जानकारी दिए ।
‘दुबै जना संक्रमित हाम्रो सम्पर्कमा छन ।’ अधिकृत भट्टराईले भने ‘ आइसोलेसन लैजाने तयारी हुँदैछ ।’
साउन २६ गते सोमबार भानु नगरपालिका–१ का ३४ वर्षीय स्थानीय कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
समुदायमा संक्रमित भेटिएपछि गत साउन २७ गते मंगलबार १२२ जनाको कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब नमुना संकलन गरिएको थियो ।

जनप्रतिनिधिसहित स्थानिय २२ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको सम्पर्कमा आएको लिस्ट तयार पारेर कन्ट्याक्ट ट्रेसिङको तयारी गरिएको भानु नगरपालिकाका जनस्वास्थ्य अधिकृत ऐश्वर्य चन्द्र भट्टराईले बताए ।
‘जनप्रतिनिधिलाई नै कोरोना देखियो ।’ भट्टराईले भने ‘अब झन् व्यापक कन्ट्रयाक्ट ट्रेसिङ गर्नुपर्ने देखियो, हामि त्यसकै लागी काम गर्दैछौ ।’
कन्ट्याक्ट ट्रेसिङमा स्वाब संकलन गरिएका २२ जनाको रिपोर्ट पोजेटिभ
ठेक्कापट्टा गर्ने समुदायका व्यक्तिमा साउन २६ गते सोमबार कोरोना पुष्टि भएसंगै साउन २७ गते मंगलबार कन्ट्याक्ट ट्रेसिङका आधारमा १२२ जनाको स्वाब संकलन गरिएको थियो ।
१२२ जना मध्ये २२ जनाको रिपोर्ट कोरोना पोजेटिभ देखिएको भानु नगरपालिका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए । उनले भने ‘अन्य १०० जनाको भने रिपोर्ट नेगेटिभ आएको छ ।’
शनिबार २ जना संक्रमित थपिए संगै भानु नगरपालिकामा कोरोना संक्रमितको संख्या ३० जना पुगेको छ ।
संक्रमितको संख्या २१२ पुग्यो
तनहुँमा कोरोना संक्रमितको संख्या २१२ जना पुगेको छ । यस्तै गरी निको हुनेको संख्या १८० जना रहेका छन् । जिल्लाका ३२ जना संक्रमित आइसोलेसनमा रहेका छन् ।
समुदायमा कोरोना संक्रमण हुन थालेसंगै कन्ट्रयाक्ट ट्रेसिङको काम अघि बढाइएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए ।
जिल्लाको भानु, देवघाट लगाएतका स्थानिय तहमा समुदाय स्तरमा कोरोना संक्रमण देखिएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु