राष्ट्रिय परीक्षा बोर्डले ०७६ सालको एसईईको परीक्षाफल मंगलबारभित्र प्रकाशित गर्ने तयारी गरेको छ । परीक्षाफल प्रकाशित गर्ने गरी अन्तिम तयारी गरेको छ बोर्डका अधिकारीका अनुसार सबै बोर्ड सदस्यलाई बैठक बोलाउने तयारी गरिरहेको छ ।
अन्तिम तयारी गरिरहेका छौ, मंगलबारभित्र गरिसक्नेछौं–स्रोतले भन्यो । बोर्डले परीक्षाफल प्रकाशित गर्नु अघि सहमतिको लागि सिसिएमसी मार्फत मन्त्रिपरिषदमा प्रस्ताव पठाएको थियो । मन्त्री परिषदको बैठकले सावधानी अपनाएर परीक्षाफल प्रकाशित गर्न सहमति दिएपछि परीक्षाफल प्रकाशन गर्न लागेको हो ।
परीक्षा नियन्त्रण कार्यालय ९एसईई० ले परीक्षाफल तयार गरी बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेल र सदस्य सचिव दुर्गा अर्याललाई जानकारी गराएको थियो । बोर्डका अध्यक्ष पौडेलले तयारी अवस्थामा रहेकोले कहिले हुन्छ भन्ने विषयमा भन्न नसकिने बताए । उच्चस्रोतका अनुसार मंगलबारभित्र परीक्षाफल प्रकाशित भैसक्नेछ ।
सरकारले यस वर्षको एसईई विद्यालयले तीनपटक सञ्चालन गरेको परीक्षाको अन्तिम मुल्याङ्कन गरी त्यसको आधारमा अंक दिने र त्यसलाई ईकाईले प्रमाणित गरी पनिकामा पठाउने व्यवस्था गरेको थियो ।
सम्बन्धित खबर
त्रिविका मौका परीक्षा दिन काठमाण्डु जान नपर्ने, अब क्षेत्रीय केन्द्रबाटै हुने
यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म
विश्व बजारमा प्रतिष्पर्धा गर्ने समयानुकुल शिक्षा आजको आवश्यकता: प्रदेश प्रमुख भट्ट
फागुन २१ निर्वाचनले एसइई परीक्षा प्रभावित हुने, परीक्षा मिति सार्ने तयारी
क्याम्पस पढाउन पनि अब लाइसेन्स आवश्यक
‘भोलि विद्यालय बन्द गर्ने निर्णय गरेका छैनौं’ – निजी विद्यालय सञ्चालक
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान
सुनकाे मूल्य आज घट्यो