पाेखरा वडा नं. ७ मा एकै पटकमा १६ जनामा कोरोना पुष्टि

पाेखरा वडा नं. ७ मा एकै पटकमा १६ जनामा कोरोना पुष्टि

saat maa sorha

कास्कीको पोखरा महानगरपालिका वडा नं – ७ का १६ जना पुरुषमा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालायको पछिल्लो अद्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्रमा गरिएको पीसीआर परीक्षणमा पोखरा महानगरपालिका वडा नं – ७ का १६ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

संक्रमितको उमेर समुह २३ देखि ४७ बर्ष भित्रका रहेका छन् ।  पोखरा – ७ का २३ बर्षीय पुरुष ४ जना , २४ बर्षीय पुरुष ३ जना, २६ बर्षीय पुरुष १ जना, २८ बर्षीय पुरुष १ जना, ३१ बर्षीय पुरुष २ जना, ३३ बर्षीय पुरुष १ जना, ३४ बर्षीय पुरुष १ जना, ३६ बर्षीय पुरुष २ जना, ४७ बर्षीय पुरुष १ जना  पुष्टि भएको निर्देशनालय जनाएको छ ।

कोरोना पुष्टि भएका १६ जना सबै प्रहरी रहेको खुलेको छ । पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलका अनुसार पोखराको मालेपाटनस्थित कृषि तालिम केन्द्रको क्वारेन्टिनमा बसेका प्रहरीमा कोरोना देखिएको हो । उनीहरु कार्यरत कार्यालय पोखरा ७ र स्याङ्जामा ड्युटी गरेर फर्किएपछि पोखरा ५ स्थित मालेपाटनस्थित कृषि तालिम केन्द्रको क्‍वारेन्टाइनमा बसेका थिए । सुरक्षाका लागि विभिन्न समयमा कास्कीबाट स्याङ्जामा गएका प्रहरीमा कोरोना परीक्षण गर्दा कोरोना पुष्टि भएको हो । स्याङ्जामा प्रहरीलाई कोरोना देखिएर जिप्रका सिल भएपछि कास्कीबाट सुरक्षाका लागि प्रहरी स्याङ्जा लगिएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds