काठमाडौं । आयोजक सहारा क्लब पोखराले २५औं आहारारा पोखरा गोल्डकप फुटबलको उपाधि जितेको छ ।
पोखरा रंगशालामा शनिबार भएको फाइनलमा जावलाखेल युथ क्लबलाई २-० ले पराजित गर्दै आयोजक सहाराले १२ वर्षपछि उपाधि जितेको हो ।
ट्रफी हात पारेर आयोजक सहाराले गोल्डकपको रजत वर्षको सुखद अन्त्य पनि गरेको छ ।
सहाराको जितमा मुकुन्द निउरे र ताय दिनियलले एक-एक गोल गरे । २५औं मिनेटमा निउरेले गोल गर्दै अग्रता दिलाएका थिए भने ७३औं मिनेटमा दिनियलले गोल गर्दै अग्रता दोब्बर पारे ।
सहाराले पछिल्लोपटक वि.सं. २०७० सालमा उपाधि जितेको थियो । १२ वर्षपछि फाइनल पुग्दा सहाराले उपाधि जित्न सफल भयो । जावलाखेलले १४ वर्षपछि पुनः उपविजेतामा चित्त बुझाउनुपर्यो ।
उपाधि विजेता सहाराले १४ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता जावलाखेलले ७ लाख १ हजार रुपैयाँमा चित्त बुझायो ।
माघ २७ गतेबाट सुरु भएको गोल्डकपमा १२ टोलीले सहभागिता जनाएका थिए । प्रतियोगिता सुरु भएको २५औं वर्ष भएकाले यस संस्करणलाई सिल्भर जुब्ली समेत भनिएको थियो ।
सो अवसरमा फ्लडलाइटमा खेल खेलाउने तय भएपनि २ दिनपछि प्राविधिक कारणले खेल दिउँसोलाई नै सारिएको थियो ।
प्रतियोगितामा ३ विदेशीसहित १२ टिम सहभागी थिए । सहाराले प्रि–क्वाटरमा हङकङको गोर्खा इन्टरनेस्नल फुटबल क्लबलाई १–०, क्वाटरफाइनलमा नेपाल पुलिस क्लबलाई र सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई सडेन डेथमा पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । जावलाखेलले प्रि–क्वाटरमा मच्छिन्द्र क्लब, क्वाटरफाइनलमा चर्च ब्वाइज र सेमिफाइनलमा उज्वेकिस्तानको आभा एफसीलाई पराजित गरेको थियो ।
मुकुन्दकुमार निउरे सर्वोत्कृष्ट खेलाडी
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुर्नामेन्ट) सहाराका मुकुन्दकुमार निउरे घोषित भएका छन् । उनले टेलजीको स्कुटर प्राप्त गरे ।

सर्वाधिक गोल स्कोरर प्लानिङ ब्वाइज युनाइटेडका पापा इबु कोवे ३ गोलसहित शीर्षमा रहे ।
उत्कृष्ट गोलकिपरमा सहाराका टिकेन्द्र थापा, उत्कृष्ट डिफेन्डरमा सहाराकै टाए डानियल, उत्कृष्ट मिडफिल्डरमा जावलाखेलका बौबोकार सिसोखो र उत्कृष्ट फर्वार्डमा जावलाखेलकै धरवेन्द्र कुँवर छानिए ।
उत्कृष्ट प्रशिक्षकको सम्मान सहाराका सुनिल राना मगरले पाए भने उदीयमान खेलाडीको पुरस्कार मुकुन्दकुमार निउरेले नै प्राप्त गरे ।
फेयर प्ले पुरस्कार उज्वेकिस्तानको आभा एफसीले हात पार्यो । विधागततर्फका खेलाडी र टिमले जनही २५ हजार रुपैयाँ प्राप्त गरे ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो