नवलपुरको मध्यविन्दु जिल्ला अस्पताल अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द

नवलपुरको मध्यविन्दु जिल्ला अस्पताल अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द

nawalpur district hospital

कमला राना मगर / नवलपुरमा रहेको मध्यविन्दु जिल्ला अस्पतालकाे अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गरिएको छ । यस अस्पतालमा उपचाररत एक जना बिरामी मा काेराेना  भाइरस   पाेजेटिभ   देखिएपछि   आज  ( शुक्रबार ) देखि भाद्र ८ गतेसम्मका लागि अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गरिएको छ ।

संक्रमित बिरामीसंग सम्पर्कमा आएका स्वास्थ्यकर्मी, कर्मचारी सबैको पिसिआर परिक्षण गरि रिपोर्ट नआएसम्म का लागि सेवा बन्द गरिएको अस्पतालले एक प्रेस विज्ञप्ति जारि गरी जानकारी गराइ एको छ । त्यस्तै नवलपुरमा शुक्रबार एकैदिन २० जना नयाँ काेराेना संक्रमित थपिएका छन् ।

जसमा सबैभन्दा धेरै विनयि त्रिवेणि गाउँ पालिकामा १८ जना रहेका छन् भने कावासाेती नगरपालिका र गैडाकाेट नगरपालिकाका १/१ जना रहेका छन् । विनयि त्रिवेणी गाउँ पालिकामा शुक्रबार थपिएका संक्रमितमा स्वास्थ्यकर्मी समेत रहेको स्वास्थ्य शाखा प्रमुख ध्रुवराज काफ्लेले बताएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds