तनहुँ । तनहुँको व्यास नगरपालिकाको १३३ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
गत भदौ ३ गते बुधबार १३४ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइको थियो ।
जसमध्ये १३३ जनाको रिपोर्ट नेगेटिभ र १ जनाको भने पोजेटिभ आएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।

सोमबार बिहान स्वास्थ्य निर्देशनालय गण्डकीले सार्वजनिक गरेको प्रेस विज्ञप्ति अनुसार जिल्लाको व्यास-५ का एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
संकमित व्यास-५ चापाघाटस्थित कालीभञ्जन गण (ई)मा कार्यरत नेपालि सेनाका हुन् । उनि केहि समय अघि छुट्टिमा गएर फर्किएको व्यास-५ का वडाअध्यक्ष मोहन कुमार श्रेष्ठले बताए ।
उनले भने ‘आजका संक्रमित सेना गण फर्किएर स्वाब दिएपछि छुट्टै क्वारेन्टिनमा बसिरहेका थिए ।’
स्वाब परीक्षण गरिएका १३४ मध्ये उनको मात्र सोमबार रिपोर्ट पोजेटिभ आएको हो ।

व्यास नगरपालिकाले गरेको स्वाब संकलनमा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, युवा व्यवसायी प्रकाशचन्द्र हड्खले र थापा मेडिकलका संचालक, व्यास-१ अम्रेनी, रतौली लगायतका स्थानिय, दमौलीका बैंक तथा वित्तीय संस्थाका कर्मचारी, तनहुँ उद्योग वाणिज्य संघका पदाधिकारी, संचारकर्मी, व्यवसायीको पनि पीसीआर रिपोर्ट नगेटिभ आएको व्यास नगरपालिकाले जनाएको छ ।
तस्बिर : मदन तिमल्सेना
सम्बन्धित खबर
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस