काठमाडौं – उपत्यकामा १० गतेदेखि १७ गते राती १२ बजेसम्मलाई निषेधाज्ञा लम्ब्याइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर र जनस्वास्थ्य कार्यालयका अधिकारीसँग छलफलपछि निषेधाज्ञा थप गर्ने निर्णय भएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दहालले जानकारी दिए ।
यसअघि ३ भदौको मध्यरातिबाट लागू हुने गरी सुरु भएको निषेधाज्ञा बुधबार सकिँदै थियो । उपत्यकामा संक्रमण दर बढ्दो अवस्थामा रहेकाले निषेधाज्ञा थप गरिएको एक प्रमुख जिल्ला दाहालले बताए । उनले भने, ‘गत भदौ ३ गतेदेखि लागू गरिएको निषेधाज्ञा प्रभावकारी भएको सबै क्षेत्रबाट प्रतिक्रिया आएकाले थप एक हप्ता निषेधाज्ञा लम्ब्याउन सबै जना सहमत भयौं । ’
बैंक लगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्ने व्यवस्था गरिएको छ । निषेधाज्ञा लगाइएको अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामबाहेक बाहिर निस्कन पाइने छैन । बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्नेछ । अहिले जारी भएको निषेधाज्ञभन्दा थप कडा बनाउने समेत निर्णय भएको उनले बताए । अत्यावश्यकीय सामाग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकायबाहेक सवारी सञ्चालनमा रोक लगाइएको छ उनले भने ।
नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारी विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ देखि साढे ५ बजेसम्म आउ–जाउ गर्न सक्ने व्यवस्था यथावत रहेको उनले जानकारी दिए ।
सम्बन्धित खबर
‘रास्वपाको पतन उदय जत्तिकै छिटो हुन्छ’ – एमाले महासचिव पोखरेल
राष्ट्रिय सभामा पनि मागियाे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
शिक्षालाई जीवनको सर्वोच्च मूल्यका रुपमा ग्रहण गर्नु नै गुरूप्रतिको सम्मान हो: प्रदेश प्रमुख भट्ट
संकटको बेला सरकारले नै सर्वदलीय बैठक बोलाउनुपर्थ्यो : शंकर पोखरेल
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
राष्ट्रिय सभामा पनि मागियाे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा