काठमाडौं – उपत्यकामा १० गतेदेखि १७ गते राती १२ बजेसम्मलाई निषेधाज्ञा लम्ब्याइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर र जनस्वास्थ्य कार्यालयका अधिकारीसँग छलफलपछि निषेधाज्ञा थप गर्ने निर्णय भएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दहालले जानकारी दिए ।
यसअघि ३ भदौको मध्यरातिबाट लागू हुने गरी सुरु भएको निषेधाज्ञा बुधबार सकिँदै थियो । उपत्यकामा संक्रमण दर बढ्दो अवस्थामा रहेकाले निषेधाज्ञा थप गरिएको एक प्रमुख जिल्ला दाहालले बताए । उनले भने, ‘गत भदौ ३ गतेदेखि लागू गरिएको निषेधाज्ञा प्रभावकारी भएको सबै क्षेत्रबाट प्रतिक्रिया आएकाले थप एक हप्ता निषेधाज्ञा लम्ब्याउन सबै जना सहमत भयौं । ’
बैंक लगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्ने व्यवस्था गरिएको छ । निषेधाज्ञा लगाइएको अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामबाहेक बाहिर निस्कन पाइने छैन । बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्नेछ । अहिले जारी भएको निषेधाज्ञभन्दा थप कडा बनाउने समेत निर्णय भएको उनले बताए । अत्यावश्यकीय सामाग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकायबाहेक सवारी सञ्चालनमा रोक लगाइएको छ उनले भने ।
नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारी विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ देखि साढे ५ बजेसम्म आउ–जाउ गर्न सक्ने व्यवस्था यथावत रहेको उनले जानकारी दिए ।
सम्बन्धित खबर
पृथ्वी राजमार्गको मझिमटार खण्ड तीन घण्टा बन्द हुने
पत्रकार पक्राउ प्रकरणमा दोषीलाई कारबाही गर्न रास्वपाद्वारा सरकारलाई निर्देशन
वर्षा रोकिएसँगै देशभरको मौसममा क्रमिक सुधार
बालेनलाई तनुजाको कटाक्षः देशलाई नै लुडो बनाइसक्नुभयो, अब यसको श्रेय पनि आफैँ लिनुहोस्
चक्रवात ‘अर्नब’को प्रभाव नेपालतिर सोझिँदै, गण्डकीसहित तीन प्रदेशका हिमाली क्षेत्रमा ‘रेड अलर्ट’
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते