काठमाडौं । निर्माण तथा मर्मत सम्बन्धि ई-कमर्स कम्पनी निर्माण साथीले घर तथा कार्यालयमा आउने विभिन्न समस्याहरुलाई समाधान गर्न आकस्मिक सेवा दिंदै आएको छ । कोभिड-१९ को विषम परिस्थितिमा पनि प्लम्बिङ, विद्युतीय, एसी, सोलार, रंगरोगन, सिपेज (चुहावट) रोकथाम लगायत ५० भन्दा बढी सेवाहरु प्रदान गरिरहेको निर्माण साथीका सिइओ कुमार भट्टले जानकारी दिए।
निर्माण साथीले आफ्नो वेवसाइट (www.nirmansathi.com) मा उपभोक्ताका समस्याहरु अनलाईन बुक गर्ने व्यवस्था गरेको छ। साथै ९८४१८११६२३ मा फोन गरि अफलाइन बुक गर्न सकिने समेत बताइएको छ। यसरी बुक गरेको २ घण्टामै सेवा उपलब्ध गराइने भट्टको दाबी छ। मर्मतको लागि आवस्यक सामग्री समेत निर्माण साथीले प्रवन्ध गर्नेछ। निर्माण साथीका प्राबिधिक मर्मतका लागि पुगेपछी गर्नुपर्ने कामको अवलोकन गरि शुल्क निर्धारण गरि काम गरिने बताइएको छ।
उपभोक्ता र कर्मचारी दुबैको स्वास्थ्य प्रती सजग हुँदै मास्क र सेनिटाइजर मात्र नभई आवस्यक पिपिईको प्रयोग गरि कर्मचारी सेवामा खटिएको भट्टले जानकारी दिए। कर्मचारीको नियमित स्वास्थ्य परिक्षण गरिने र सम्पुर्ण कर्मचारीको कोरोना बिमा समेत गरिएको बताइएको छ। ग्राहकहरुको सुविधा र स्वास्थ्य सुरक्षा मध्यनजर गर्दै विभिन्न माध्यमबाट अनलाइन भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ।
कोभिड-१९ को महामारीको अवस्थामा धेरै सेवाहरु ठप्प छन् । त्यसैले गर्दा घर तथा कार्यालय विभिन्न समस्याका बाबजुद संचालन गर्नुपर्ने अवस्था छ । त्यसैले त्यस्ता समस्याहरुको समाधान गर्न निर्माण साथीले अनलाइन मार्फत घर तथा अफिसमा आउने मर्मत सम्बन्धि समस्या समाधानको सेवा दिइरहेको भट्ट बताउँछन्।
निर्माण साथीले दैनिक आइपर्ने समस्याबाहेक इन्जिनियरिङ परामर्श, डिजाईन, घर-निर्माण र घर-सजावटको काम समेत अनलाईनबाटै उपलब्ध गराउने कम्पनीका सह-संस्थापक समेत रहेका भट्ट बताउछन्। हाल काठमाडौ उपत्यकाको लागि मात्र उपलब्ध सेवाहरु निकट भविश्यमै देशभर बिस्तार गरिने योजना रहेको कम्पनीले जनाएको छ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
बालस्वास्थ्य र बालअधिकारका नीति प्रतिबद्धता पत्रमा समेट्न दलहरुसमक्ष पेडियाट्रिक सोसाइटीको माग
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण