मणिपालमा कार्यरत एक चिकित्सक सहित लमजुङ बेसीशहरका ८ प्रहरीमा कोरोना पुष्टि

मणिपालमा कार्यरत एक चिकित्सक सहित लमजुङ बेसीशहरका ८ प्रहरीमा कोरोना पुष्टि

Manipal-Medical-College

पोखरा – पोखरामा आज मात्रै १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयको पाँचौ विज्ञप्तिमा पोखरा महानगरपालिकाका थप १ सहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या २०६५ पुगेको छ ।

संक्रमित व्यक्ति पोखराको मणिपालमा कार्यरत २६ वर्षीय चिकित्सक छन् ।

यस्तै लमजुङमा पनि एकै पटक ८ जनामा संक्रमण पुष्टि भएको छ । जिल्ला सदरमुकाम बेसीशहरमा कार्यरत नेपाल प्रहरीका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । उनीहरुको उमेर २२,२३ ३६, २३ , २४ ,४० ३७ र ३४ छ ।

संक्रमित सबैलाई जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

– यो पनि 

पोखरामा फेरि ११ जना थपिए, कन्सल्टेन्सी, पसले, बैंक कर्मचारी, टुरिष्ट पुलिससहित आजै १६ जना 

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds