पोखरा – गण्डकीमा कोरोना संक्रमितको संख्या २१४४ पुगेको छ ।
स्वास्थ्य निर्देशनालयको सोमबारको पहिलो अद्यावधिक विवरण अनुसार प्रदेशका ४ जिल्लाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु कास्की, लमजुङ, तनहुँ र गोरखा जिल्लाका छन् ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा महानगरपालिका -६ बस्ने ३७ वर्षीय पुरुष, पोखरा ८ का ५५ वर्षीय पुरुष र पोखरा १५ का ५६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ कन्ट्याक्ट ट्रेसिङमा परी स्वाब दिएका उनीहरुको परीक्षण रिपोर्ट सोमबार पोजेटिभ आएको हो ।
यस्तै लमजुङ बेसीशहर नगरपालिका १० घर भइ हाल पोखराको फेवासिटी अस्पतालमा उपचाररत ७१ वर्षीया बृद्धाको परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ ।
उता तनहुँको भानु नगरपालिका ५ का ४४ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको छ भने, भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा गोरखा जिल्ला १३ घर भएका ३२र् ३६ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको निर्देशनालयका प्रमुख डा विनोद विन्दु शर्माले जानकारी दिए ।
संक्रमित मध्ये गोरखाका २ संक्रमितलाई आइसोलेसन कक्षमा लगिसकिएको छ भने अन्यलाई लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।

सम्बन्धित खबर
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?