पेट्रोलको मूल्य फेरी बढ्यो, डिजल, मट्टितेल र एलपी ग्याँसको यथावत

पेट्रोलको मूल्य फेरी बढ्यो, डिजल, मट्टितेल र एलपी ग्याँसको यथावत

petrol

काठमाण्डौ –  नेपाल आयल निगमले पेट्रोलको मूल्य वृद्धि गरेको छ । निगमले मंगलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको आज विज्ञप्ति मार्फत जनाएको छ । वृद्धि भएको मूल्य अनुसार पेट्रोल अब प्रतिलिटर १०७ रुपैयाँ कायम हुने छ

इन्डियन आयल कर्पोरेसनबाट १ सेप्टेम्बरमा प्राप्त मूल्यका आधारमा पेट्रोलको मूल्य बढाएको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । ।

निगमले पेट्रोलको मूल्य वृद्धि गरेपनि डिजल, मट्टितेल, एलपी ग्याँस र हवाइ इन्धनको मूल्य भने यथावत नै राखेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ