बाग्लुङको ढोरपाटनस्थित बोवाङमा भीषण पहिरो, १३ जना बेपत्ता, ६ को शव फेला

बाग्लुङको ढोरपाटनस्थित बोवाङमा भीषण पहिरो, १३ जना बेपत्ता, ६ को शव फेला

dhorpatan

तस्विर : सामाजिक संजाल

बाग्लुङ  –  अविरल वर्षाका कारण बाग्लुङको ढोरपाटनस्थित बोवाङमा गएराति बाढी आउँदा १३ जना बेपता भएका छन् । भने, बाढीमा पुरिएका मध्ये ६ जनाको शव फेला परेको छ । 

बाग्लुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेका अनुसार ढोरपाटन नगरपालिका बोवाङस्थित ६, ७, ८ र ९ वडामा वर्षापछि भुजिखोलामा आएको बाढीले बुधबार राति अन्दाजी ११ बजेको समयमा खोला किनारका बस्ती बगाएको हो ।

तस्विर सामाजिक संजाल 

“अहिले २०/२५ घर बगाएको स्थानीयले बताएका छन् , प्रहरी घटनास्थल पुगिसकेको छ, बेपत्ताको सूची निकाल्दा १३ जना हराएको भन्ने कुरा आएको छ।” प्रजिअ न्यौपानेले गण्डक न्युजसंग भने ।

न्यौपानेका अनुसार बाढीले सबैभन्दा क्षती बोवाङको वडा नम्वर ७ मा पुर्याएको छ । घटनास्थलमा अहिले स्थानीय, जनप्रतिनिधी र प्रहरी सहितको टोलीले खोजी तथा उद्दारको कार्य गरिरहेको छ ।  

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds