बाग्लुङ पहिरो अपडेटः ३९ जना बेपत्ता, १४ को शव फेला, २ जनाको सनाखत ( नामावली सहित)

बाग्लुङ पहिरो अपडेटः ३९ जना बेपत्ता, १४ को शव फेला, २ जनाको सनाखत ( नामावली सहित)

baglung-dhorpatan-badhi-pahiro

तस्विर : शिव संगम केसी

बाग्लुङ – बाग्लुङको ढोरपाटनमा पहिरोमा पुरिएर मर्ने र बेपत्ता हुनेको संख्या थप भएको छ ।

ढोरपाटन नगरपालिका -९ स्थित भुसुण्डे, दुनेपोखरा, लाकुरीबोटमा गएरातिको पहिरोमा परी अहिलेसम्म १४ जनाको शव फेला परेको छ भने, ३९ जना बेपत्ता रहेको प्रहरी नायव उपरीक्षक राजेन्द्र बाबु रेग्मीले जानकारी दिए ।

बाढीका कारण ढोरपाटन नगरपालिका -९ सुकुन्दुङमा रहेको स्वास्थ्य चौकी भवन, लाकुरीबोट स्वास्थ्य चौकी भवन लगायत ३१ वटा घर बगाएको छ । साथै जनचेतना प्राथमिक विद्यालयको चार कोठे भवन, सरस्वती प्राथमिक बिद्यालयको २ कोठे भवन र भुजिखोला जल बिद्युत आयोजना क्षती पुगेको छ । पहिरोले सोही वडाको भुसुण्डेमा पार्किङ गरेर राखेको ग १ ज ४१२५ नम्वरको पिकअप जिप तथा २ वटा मोटरसाईकल समेत बगाएको छ ।

पहिरोमा पुरिएर ज्यान गुमाएका १४ मध्ये यो समाचार तयार पार्दासम्म दुई जनाको मात्र सनाखत भएको प्रहरीले जानकारी दिएको छ । सनाखत हुनेमा ढोरपाटन नगरपालिका ९ भट्टेचौर बस्ने वर्ष २६ कि केशमाया विक र सोही वडाको लाकुरीबोट बस्ने वर्ष ४५ का कर बहादुर विक रहेका छन्  ।

यस्तै पहिरोमा परी ४ जना घाइते भएका छन् । घाइते हुनेमा ढोरपाटन ४ दुनेपोखरा बस्ने वर्ष १५ का महेन्द्र पुन, सोही स्थान बस्ने वर्ष २८ की सरीता घर्ती, वर्ष ४२ को धर्मेन्द्र पुन र वर्ष ५४ की बेलमती पुन छन् ।

घाइते मध्ये महेन्द्र पुनो अवस्था चिन्ताजनक रहेको छ भने, सरीता घर्ती र धर्मेन्द्र पुनको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ ।

बाढी पहिरो प्रभावित क्षेत्रमा बाग्लुङका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुख तथा नेपाली सेना, सशस्त्र प्रहरी बल लगायत नेपाल प्रहरीको टोलीले उद्धारको कार्य गरिरहेको छ ।

हालसम्म बेपत्ता भएका अन्य ३८ जनाको नामावली यसप्रकार रहेको छ ।

  • ढोरपाटन नगरपालिका ९ द्वाल बस्ने अन्दाजी बर्ष २०-२२ को जीवन विक
  • सोही स्थान बस्ने अन्दाजी वर्ष २३-२४ को नारायण विक
  • नारायणकी श्रीमती अन्दाजी वर्ष २०-२१ कि टेकमाया विक
  • नारायण र टेकमायाकी छोरी वर्ष १ (नाम नखुलेकी) बालिका
  • ऐ.ऐ बस्ने वर्ष अन्दाजी १५-१६ कि मनिषा विक
  • ऐ.ऐ घट्टेचौर बस्ने वर्ष २८ कि शनि विक
  • निजको छोरा बर्ष अन्दाजी ९-१० को रोशन विक
  • निजको छोरा बर्ष अन्दाजी वर्ष ४-५ को रवि विक
  • नाम नखुलेको १५ दिनको वच्चा १
  • ऐ.ऐ बस्ने बर्ष २५।२६ कि मन कुमारी विक
  • ऐ.ऐ बस्ने अन्दाजी वर्ष २९-३० को प्रेम पुन
  • ऐ.ऐ भुसुन्डे बस्ने अन्दाजी वर्ष २०-३० कि कुमारी विक
  • ऐ.ऐ बस्ने अन्दाजी वर्ष १४-१५ को समुन्द्र विक
  • ऐ.ऐ बस्ने अन्दाजी वर्ष १०-१२ कि पुनम विक
  • ऐ.ऐ बस्ने अन्दाजी वर्ष ३०- ३१ को जीत बहादुर घर्ती
  • ऐ. ऐ बस्ने अन्दाजी वर्ष ४३-४४ को राजु घर्ती
  • ऐ.ऐ घट्टेबोट बस्ने अन्दाजी वर्ष ३५-३६ कि करमती बुढा
  • ऐ.ऐ बस्ने अन्दाजी वर्ष ३५-३६ कि रिना कुमारी घर्ती
  • ऐ.ऐ बस्ने अन्दाजी वर्ष २०-२२ कि दिलमया पुन
  • ऐ.ऐ बस्ने निजको छोरी अन्दाजी वर्ष ३४ कि प्रकृति पुन
  • ऐ.ऐ। बस्ने अन्दाजी वर्ष ६०-६१ कि डोटी पुन
  • ऐ.ऐ सानो कुगु बस्ने अन्दाजी वर्ष ३५-३६ को हेम बहादुर विक
  • ऐ.ऐ बस्ने श्रीमती अन्दाजी वर्ष ३४-३५ कि उजेली विक
  •  ऐ.ऐ बस्ने छोरा अन्दाजी बर्ष ८-९ को दलु विक
  • ऐ.ऐ बस्ने निजहरूकै बच्चा १० महिनाको (नाम नखुलेको)
  • ऐ.ऐ बस्ने श्रीमती अन्दाजी वर्ष ३७-३८ कि हस्तमाया विक
  • ऐ.ऐ दुनेपधेरा बस्ने अन्दाजी वर्ष ६०-६५ कि तुलमती घर्ती
  • ऐ.ऐ लाकुरी बोट बस्ने अन्दाजी वर्ष ५५-५६ कि कौशिला पुन
  • निजको छोरा अन्दाजी वर्ष २०-२१ को विशाल पुन
  • ऐ.ऐ पावरहाउस बस्ने अन्दाजी वर्ष २५-२६ कि धनमाया विक
  • निजको छोरा अन्दाजी वर्ष २-३ को नाम नखूलेको बालक
  • ऐ.ऐ सुप्राङ बस्ने बर्ष नखुलेको बिरे विकको श्रीमती र दुई छोराछोरी सहित ४ जनाको परिवार
  • बागलुङ गलकोट नगरपालिका ४ घर भई ढोरपाटन घुम्न गएको अन्दाजी वर्ष २४-२५ को नबिन भण्डारी र
  • ढोरपाटन नगरपालिका ९ सुप्राङ बस्ने नामथर र वर्ष नखुलेका अन्य ३ जना

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds