पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हान्ने व्यक्ति पक्राउ

पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हान्ने व्यक्ति पक्राउ

arrested

ललितपुर – रातो मछिन्द्रनाथको रथ तान्ने विषयमा भएको झडपमा प्रहरीलाई पत्रकारको ज्याकेट लगाएर ढुंगा हान्ने व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका –१३ इमाडोलका २१ वर्षीय अनिश महर्जन रहेका छन् ।

रथ तान्ने विषयमा बिहीबार ललितपुरमा भएको झडपमा पत्रकारको ज्याकेट लगाएका उनले क्यामारा तेर्स्याउँदै प्रहरीलाई ढुंगा हानेका थिए । तर, उनी कुनै सञ्चार माध्यममा संलग्न नरहेको र प्रेस कार्ड पनि नभएको पाइएको अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए ।

प्रेस लेखेको ज्याकेट लगाएर उनले ढुङ्गा प्रहार गरिरहेको भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल बनेको छ।

यस्तै उक्त झडपमा प्रहरीलाई कुटपीट गर्नुका साथै ढुङ्गामुढा प्रहार गरेको अभियोगमा प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ