तीनजना बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा लमजुङका ४३ वर्षीय गुरुङ पक्राउ

तीनजना बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा लमजुङका ४३ वर्षीय गुरुङ पक्राउ

lamajung-arrested

लमजुङ –  तीनजना बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा लमजुङका एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्लाको क्व्होलासोथर गाउँपालिका वडा नं -३ बस्ने ४३ वर्षीय नन्दमान गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय लमजुङ प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता गंगा बहादुर थापाले जानकारी दिए  ।

प्रहरीका अनुसार भाद्र ६ गते शनिबार गुरुङले खाली घरमा कोही नभएको मौका पारी ललाई फकाई ९ वर्षीया र ११ वर्षका दुई जना गरी तीन बालिकालाई जबर्जस्ती करणी गरेका थिए ।

तर, घटनाबारे शुक्रबार मात्र बालिकाले परिवारलाई जानकारी गराएपछि शुक्रबार नै गुरुङ बिरुद्द जाहेरी परेको थियो ।

पक्राउ परेका गुरुङलाई जिल्ला अदालत लमजुङमा पेश गरी २० दिनको म्याद थप गरी थप अनुसन्धान अगाडी बढाइएको थापाले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ