नयाँ सिजनको पहिलो खेलमै पीएसजी पराजित

नयाँ सिजनको पहिलो खेलमै पीएसजी पराजित

maxresdefault

काठमाडौँ – फ्रेन्च लिग वानको नयाँ सिजनको आफ्नो पहिलो खेलमा पेरिस सेन्ट(जर्मेन ९पीएसजी० पराजित भएको छ ।

लिग अन्तर्गत बिहीबार राति भएको आफ्नो पहिलो खेलमा पीएसजी लेन्ससँग १(० ले पराजित भएको हो।पहिलो रोजाईका ७ खेलाडीबिनै मैदान उत्रिएको पीएसजी पहिलो हाफसम्म गोलरहित बराबरीमा रोकिए पनि दोस्रो हाफको ५७औँ मिनेटमा गोल खायो ।

लेन्सका लागि ५७ औँ मिनेटमा गानागोले गरेको गोल नै निर्णायक बन्यो। लिग वानमा यहि सिजन बढुवा भएर आएको लेन्सले च्याम्पियन पीएसजीमाथि जीत निकालेको हो ।

पीएसजीका स्टार खेलाडीहरू नेयमार, केलियन एमबाप्पे, एन्जल डी मारिया लगायतका खेलाडीबिना मैदान उत्रिएको पीएजीले अब आइतबार मार्सेइलीसँग प्रतिस्पर्धा गर्नेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds