प्रिमियर लिगको नयाँ सिजन सुरु , आज चार खेल हुँदै

प्रिमियर लिगको नयाँ सिजन सुरु , आज चार खेल हुँदै

premire league

इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन आजबाट सुरु हुँदैछ। पहिलो दिन शनिबार प्रिमियर लिगका चार खेल हुँदैछन्।

डिफेन्डिङ च्याम्पियन लिभरपुलले नवप्रवेशी क्लब लिड्ससँग प्रतिस्पर्धा गर्दैछ। त्यस्तै, आर्सनल र फुलहाम, क्रिस्टल प्यालेस र साउथह्याम्पटन तथा वेष्टहाम र न्युक्यास्टलबीच प्रतिस्पर्धा हुँदैछ। लिभरपुल आफ्नो मैदान एनफिल्डमा लिड्सलाई पराजित गर्दै नयाँ सिजनको सुरुवात गर्ने लक्ष्यमा छ। यता, लिड्स पनि डिफेन्डिङ च्याम्पियन क्लबलाई रोक्न तयार छ।

कोरोना भाइरस (कोभिड–१९) ले गएको सिजन प्रभावित भएपछि ढिलो गरी सम्पन्न भएको थियो। छोटो समयमै नयाँ सिजन सुरु भएको प्रिमियर लिगमा फुलहामलाई उसैको घरेलु मैदानमा पराजित गर्दै आर्सनल सुखद सुरुवात गर्ने दाउमा छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds