प्रिमियर लिगमा चेल्सीको सहज जित
सरुवा बजारमा राम्रो रकम खर्च गरेको चेल्सीले गएराति ब्राइटनलाई ३-१ ले हराउँदै इङ्लिस प्रिमियर लिगमा विजयी शुरूआत गरेको छ।
अघिल्लो सिजन खेलाडी अनुबन्धमा प्रतिबन्ध लागेको चेल्सीले यो सरुवा बजारमा भने खुलेर खर्च गरेको थियो। चेल्सीले ६ खेलाडीका लागि झन्डै २० करोड पाउण्ड खर्च गरेको थियो।
यसै सिजन आरबी लाइपजिगबाट अनुबन्ध भएका टिमो वेर्नर र बायर लेभरकुसेनबाट अनुबन्ध भएका काई हाभार्टेजले गएराति चेल्सीबाट डेब्यू गरे।
रिसे जेम्सको उत्कृष्ट प्रदर्शनमा चेल्सीले सहज विजय हासिल गर्यो। चेल्सीले २३औं मिनेटमा अग्रता लिएको थियो। ब्राइटनका गोलकिपर म्याथ्यू रायनले टिमो वेर्नरलाई फाउल गरेपछि चेल्सीले पेनाल्टी अवसर पाएको थियो। त्यसलाई कप्तान जर्जिन्होले कुनै गल्ती नगरी गोलमा परिणत गरेका थिए।
५४औं मिनेटमा लियान्ड्रो ट्रोसार्डले बराबरी गोल फर्काए। ५६औं मिनेटमा जेम्सले गरेको गोलबाट चेल्सीले पुनः अग्रता लियो। ६६औं मिनेटमा जेम्सकै पासमा कोर्ट जोउमाले अर्को गोल गरेपछि चेल्सीले महत्वपूर्ण तीन अंक जोड्न सफल भयो।
जर्मन कपमा डर्टमण्डको फराकिलो जित

जुड बेलिंगहमले डेब्यू खेलमा गोल गरेको दिन बोरुसिया डर्टमण्डले गयराति जर्मन कपमा डुइसबर्गमाथि फराकिलो विजय हासिल गरेको छ। १७ वर्षे बेलिंगहम यसै सिजन बर्मिङघम सिटीबाट डर्टमण्डसँग अनुबन्ध भएका थिए।
डर्टमण्डले १५औं मिनेटमा जाडोन सान्चोको गोलबाट अग्रता लिएको थियो। त्यसको १५ मिनेटपछि बेलिंगहमले अग्रता दोब्बर बनाएका थिए। ३८औं मिनेटमा डोमिनिक भोल्कमरले रातो कार्डको सामना गरेपछि डुइसबर्ग १० खेलाडीमा सीमित बनेको थियो। थोर्गान हाजार्डले ३९औं मिनेटमा फ्रिकिकमा गोल गरे। ५०औं मिनेटमा जियोभानी रेनाले अर्को गोल थपे। ५८औं मिनेटमा मार्को रेउसले गोल गरेपछि डर्टमण्ड फराकिलो विजय हासिल गर्न सफल भएको हो।
डर्टमण्डले अब १९ सेप्टेम्बरमा बोरुसिया मोन्चेनग्लाडबचविरुद्धको खेलबाट बुन्डेसलिगाको सुरुआत गर्नेछ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’