तनहुँ । तनहुँको भानु नगरपालिका-३ स्थित तुर्लिङकोटमा एउटा चितुवा खोरमा परेको छ ।
उक्त खोरमा परेको चितुवालाई डिभिजन बन कार्यालय तनहुँको टोलिले नियन्त्रणमा लिएको छ । डिभिजन बन कार्यालय तनहुँले थापेको खोरमा परेको चितुवालाई शुक्रबार बिहान नियन्त्रण लिइएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।
३/५ दिन पहिले थापिएको खोरमा चितुवा परेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमल राज काफ्लेले बताए । फलामेखोरमा नै यसपाली चितुवा परेको काफ्लेले बताए ।
‘स्थानीयको कुखुराको खोरमा पसेर कुखुरा मार्न थालेपछि हामीले उक्त स्थानमा खोर राखेका थियौं’ प्रमुख काफ्लेले भने ‘सोही खोरमा चितुवा परेको रहेछ ।‘
शुक्रबार बिहान नियन्त्रणमा आएको चितुवा करिब ३/४ वर्षको पोथी रहेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । उक्त चितुवा शारीरिक रुपमा अशक्त रहेको प्रमुख काफ्लेले जानकारी दिए ।
स्थानीय सन्तबहादुर तामाङको कुखुराको खोरमा छिरेर गत साउन १८ र १९ गते खोरमा रहेको ४ सय भन्दाबढी कुखुरालाई आक्रमण गरेर घाइते बनाएको थियो ।
उक्त आक्रमणपछि तामाङले डिभिजन वन कार्यालय तनहुँमा क्षतिपूर्तिसहित चितुवा नियन्त्रणका लागि निवेदन दिएका थिए ।
अहिलेसम्म जिल्लाको भानु नगरपालिकामा ७ वटा, व्यास नगरपालिकामा एउटा, बन्दिपुर गाउँपालिकामा एउटा गरी ९ वटा चितुवा नियन्त्रणमा आइसकेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । यस्तै जिल्लामा पाँचवटा चितुवा मृत फेला परेका छन् l
भिडियो हेर्नुस :
https://www.youtube.com/watch?v=lCX4u-X551k
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’