तास खेलिरहेको अवस्थामा लेखनाथस्थित तालचोकबाट नगद सहित ७ जना पक्राउ

तास खेलिरहेको अवस्थामा लेखनाथस्थित तालचोकबाट नगद सहित ७ जना पक्राउ

juwa-tas

सांकेतिक तस्विर

पोखरा – कास्की प्रहरीले तास खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका वडा नं – २७ तालचोकस्थित डेरा गरी बस्ने बाग्लुङ जैमिनी नगरपालिका-४ घर भएका ३५ वर्षीय निर बहादुर शाहीको कोठामा तास खेलिरहेको अवस्थामा ७ जनालाई २५ हजार ९ सय ८५ रुपैयाँ र ४ बुक तास सहित प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।

प्रहरी स्रोतका अनुसार उक्त स्थानमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 2 seconds