गण्डकी प्रदेशका प्रहरी प्रमुख अर्याल कोरोना मुक्त

गण्डकी प्रदेशका प्रहरी प्रमुख अर्याल कोरोना मुक्त

DIG aryal

पोखरा – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्याल कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

गत भाद्र १८ गते गण्डकी प्रदेश प्रहरी कार्यालयकै प्राङ्गणमा पीसीआर टेष्ट गरिएकोमा महानिरीक्षक अर्यालको परीक्षण रिपोर्ट पोजिटिभ देखिएको थियो ।

रिपोर्ट पोजिटिभ देखिएसंगै आफ्नै निवासमा होम आइसोलेसनमा रहेका अर्यालले असोज ११ गते आइतबार दिएको स्वाब परिक्षणको रिपोर्ट असोज १२ गते सोमबार नेगेटिभ आएसंगै कोरोना संक्रमणबाट मुक्त भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । 

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ