प्रधानमन्त्री सचिवालयमा प्रमुख सल्लाहकार विष्णु रिमालसहित ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।शुक्रबार गरिएको स्वाब परीक्षणमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा‚ प्रमुख सल्लाहकार विष्णु रिमाल‚ फोटो पत्रकार राजन काफ्ले‚ परराष्ट्र सल्लाहकार डा राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना पुष्टि भएको हो।
यसअघि प्रधानमन्त्रीको सचिवालयमा कार्यरत राजन काफ्ले र निजी चिकित्सक दीव्या सिंहलाई पनि कोरोना पुष्टि भएको थियो।
विहीबारको स्वाव परिक्षणमा प्रधानमन्त्रीको रिपोर्ट भने नेगेटिभ आएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापा २ दिन अघि प्रधानमन्त्री ओली सँगै देखिएका थिए। अन्तरास्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा बिहिबार आयोजित भर्चुअल कार्यक्रमलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै गर्दा सूर्य थापा नजिकै प्रधानमन्त्रीका कुरा टिपोट गरिरहेको देख्न सकिन्छ। उक्त तस्विर थापाले सामाजिक सञ्जालमा सेयर गरेका छन्।
सरकारी नियम अनुसार कोरोनाको आशंकामा स्वाब संकलन दिएपछि होम क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ। तर, थापा भने हिजो प्रधानमन्त्री ओली सँगै देखिएका छन्।
सचिवालयका चार जनामा कोरोना पुष्टि भएपछि प्रधानमन्त्री ओली कन्ट्याक ट्रेसिङमा परेका छन्। अबको उनको स्वाब संकलन गरि पीसीआर परीक्षण हुने छ।
सम्बन्धित खबर
चक्रवात ‘अर्नब’को प्रभाव नेपालतिर सोझिँदै, गण्डकीसहित तीन प्रदेशका हिमाली क्षेत्रमा ‘रेड अलर्ट’
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
दसैँ अवधिमा सवारी दुर्घटनाबाट देशभर १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते
चक्रवातको प्रभावले नेपालमा शुक्रबार र शनिबार भारी वर्षा हुने
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते