एजेन्सी । कोभिड–१९ सम्बन्धी हालै गरिएका नयाँ रिसर्चहरुमा रुघाखोकी या ज्वरो भन्दा गन्ध र स्वाद थाहा नपाउनु यसको अझ स्पष्ट संकेत हुन सक्ने पत्ता लागेको छ ।
युनिभर्सिटी कलेज लन्डनले सुँघ्ने क्षमता गुमाएका ५९० जनामा गरेको अध्ययनमा उनीहरु मध्ये ८० प्रतिशतमा कोरोना भाइरसको एन्टिबडिज फेला परेको हो । र तीमध्ये ४० प्रतिशतमा यसबाहेक अन्य कुनै लक्षण देखिएको थिएन जसले पनि गन्ध थाहा नपाउनु कोभिडको अझ स्पष्ट संकेत हुन सक्ने देखाएको छ ।
गत अप्रिलदेखि नै सुँघ्ने अनि स्वाद थाहा पाउने क्षमता गुम्नु कोरोना भाइरसको लक्षण हुन सक्नेबारे विज्ञरुले खोजी गरिरहेका थिए । र सो तथ्य वैज्ञानिक रुपमा प्रमाणित भएपछि म मे महिनाको मध्यतिर यसलाई पनि कोभिडको आधिकारिक लक्षणमा समावेश गर्ने घोषणा भएको हो ।
अहिलेका अधिकांश स्वास्थ्य निर्देशिकाहरुमा गन्ध र स्वादमा फरक पर्नु या सो क्षमता हराएको अनुभव गर्नेहरुलाई कोभिडको परीक्षण गराउन सुझाव दिइएको छ । अध्ययनकी प्रमुख प्रोफेसर रेचल बेटरहेमका अनुसार खोकी र ज्वरो सबैले चिन्न सक्ने र बाहिरैबाट देखिने लक्षण भएका कारण अझैपनि प्रायःले संक्रमितहरुमा यिनै लक्षणको खोजी गर्ने गरेका छन् ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
ब्रिजकोर्स र तयारी कक्षा रोक्ने शिक्षामन्त्रीको निर्णय २४ घण्टा पनि टिकेन
एमाले सांसदले प्रधानमन्त्रीसँग भने- केपी ओली रिहा गर्नुपर्यो, स्वकीय सचिव खै ?
प्रहरीले पिछा गरेपछि मालढुङ्गा पुलबाट हामफालेका विशालको खोजी जारी
पोखरा-काठमाण्डौको हवाई भाडा झण्डै २ हजारले बढ्यो