दुर्घटनामा परी घाइते भएका असइको उपचारका क्रममा मृत्यु

दुर्घटनामा परी घाइते भएका असइको उपचारका क्रममा मृत्यु

Accident-3-1

प्रतिकात्मक तस्बिर

विराटनगर : मोरङको बूढीगंगा गाउँपालिका–१ घर भएका सशस्त्र प्रहरीका सहायक निरीक्षक (असइ)को दुर्घटनामा परेर मृत्यु भएको छ । सशस्त्रका असइ ४२ वर्षीय कमलप्रसाद तावाहाङको कोशी राजमार्ग अन्तर्गत बूढीगंगा–१ टंकीसिनवारीमै दुर्घटनामा परेर ज्यान गएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डीएसपी कवीन्द्र कार्कीले जानकारी दिए ।

उनका अनुसार पाँचथरमा कार्यरत तावाहाङ केही दिनदेखि घर विदामा थिए । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको लु ६१ प २५०२ नम्बरको मोटरसाइकलको ठक्करबाट उनी गम्भीर घाइते भएका थिए । पैदल हिँडिरहेका बेला राति ९:४० बजेतिर दुर्घटनामा परेर घाइते भएका उनलाई उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको थियो ।

टाउकोलगायत शरीरका विभिन्न भागमा चोट रहेका तावाहाङको उपचारका क्रममा आइतबार बिहान १ बजेतिर मृत्यु भएको डीएसपी कार्कीले बताए । दुर्घटनापछि फरार रहेका मोटरसाइकल चालक सप्तरी रुपनीका २५ वर्षीय आजबुल मियाँको खोजी जारी रहेको जानकारी उनले दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds