अवैध लागुऔषध सहित पोखराको बगरबाट ५ युवक पक्राउ

अवैध लागुऔषध सहित पोखराको बगरबाट ५ युवक पक्राउ

lagu ausadi

अवैध लागुऔषध सहित कास्की प्रहरीले पोखराको बगरबाट ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेहरुमा समिर गुरुङ, अथित गुरुङ, मोहित खवास, मनोज बि.क. र कुमार ठकुरी रहेका छन् । कुमार ठकुरी जिल्ला धादिङ सुनौलाबजार घर भई हाल पोखरा म.न.पा.वडा नं.१६ जोगमणीमा बसोबास गर्दै आएका थिए अन्य भने पोखरा महानगर कै हुन् ।

उनीहरुलाई पोखरा बगरबाट शनिबार साढे ५ बजेको समयमा पक्राउ गरिएको हो । गोप्य सूचनाका आधारमा उनीहरुमाथि शंका लागि जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा निजहरुको साथबाट डाईजापाम ७ एम्पुल, फेनेरागन ७ एम्पुल, बुर्फिनर्फिन ७ एम्पुल गरी जम्मा २१ एम्पुल र लागुऔषध गाँजा १ के.जी. २२३ ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको  जनाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds