गण्डकी प्रदेशमा मंगलबार थप २ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । गोरखा तथा नवलपरासीका १-१ जनाको कोरोना संक्रमणबाट ज्यान गएको हो ।
नवलपरासी (ब.सु.पू) का १ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । जिल्लाको कावासोती ५ का ७७ वर्षीय महिलाको कोरोनाबाट आज बिहान ३ बजेर ४५ मिनेट जाँदा चितवन मेडिकल कलेजमा ज्यान गएको हो ।
पिसाब तथा श्वासप्रश्वासको समस्याबाट ग्रसित उनको आइसियुमा उपचार भइरहेको थियो । उपचारका लागि उनी असोज १६ गते अस्पताल भर्ना भएकी थिइन् । उनको श्वाब संकलन पश्चात गरिएको परीक्षणका क्रममा उनलाई असोज १८ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
त्यसैगरी गोरखाको बारपाक सुलिकोट ६ का ४५ वर्षीय महिलाले कोरोनाबाट ज्यान गुमाएकी छिन् । उनको उपचारका क्रममा काठमाडौंको बयोधा अस्पतालमा यही असोज १५ गते ज्यान गएको हो । उनी किड्नी सम्बन्धी रोगबाट ग्रसित रहेकी थिइन् ।
यससंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ । त्यसैगरी गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ४ हजार २ सय ४३ पुगेको छ भने निको हुनेको संख्या ३ हजार ४७ पुगेको निर्देशनालयले जनाएको छ ।

सम्बन्धित खबर
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु