दुई महिने शिशुको मृत्युपछि कोरोना संक्रमण पुष्टि

दुई महिने शिशुको मृत्युपछि कोरोना संक्रमण पुष्टि

child

कोरोना संक्रमणबाट २ महिने शिशुको मृत्यु भएको छ। मेची प्रादेशिक अस्पताल भद्रपुर झापामा मृत्यु भएका ती शिशुमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो।

आफन्तले अस्पतालबाट शिशुको शव बुझेर घर लगेको तीन घण्टापछि कोरोना पुष्टि भएको बताइएको छ।भद्रपुर नगरपालिका–८ का शिशुमा निमोनियासँगै श्वासप्रश्वासको समस्या देखिएपछि मंगलबार बिहान अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो।

शिशुमा कोरोनाको लक्षण देखा परेपछि दिउँसो १२ बजे स्वाब संकलन गरिएको थियो। स्वाब लिएको ६ घण्टाभित्रै शिशुको उपचारको क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।

पीसीआर रिपोर्टमा कोरोना पोजेटिभ आएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ