जाजरकोटमा जीप दुर्घटना, वडाध्यक्षसहित ५ जनाको मृत्यु

जाजरकोटमा जीप दुर्घटना, वडाध्यक्षसहित ५ जनाको मृत्यु

accident

जाजरकोट – जाजरकोटको औलाखोलामा जीप दुर्घटना हुँदा वडा अध्यक्षसहित ५ जनाको मृत्यु भएको छ ।

जुनीचाँदे गाउँपालिका वडा नंं. १ औलाखोला नजिक भे.१ ज ९३५ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए ।

दुर्घटनामा वडाध्यक्ष अमरबहादुर शाहीसहित पाँच जनाको शव फेला परेको बरालले जानकारी दिए  । जाजरकोट सदरमुकाम खलंगादेखि जुनीचाँदे गाउँपालिकाको कार्यालय जाँदै गरेको जीप आज दिउँसो सडकबाट ५ सय मिटर तल खसेको थियो ।

दुर्घटनाको कारण भने खुल्न सकेको छैन । प्रहरी घटनास्थलमा पुगिसकेको र हराइरहेकाहरुको खोजीकार्य भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ