सास फेर्न गाह्रो भए वा बेहोस होला जस्तो भए मात्र अस्पताल जानुस्-स्वास्थ्य मन्त्रालय

सास फेर्न गाह्रो भए वा बेहोस होला जस्तो भए मात्र अस्पताल जानुस्-स्वास्थ्य मन्त्रालय

jageswor gautam

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रुघाखोकी लाग्दैमा वा ज्वरो आउँदैमा कोरोना संक्रमितहरु अस्पताल जानुनपर्ने बताएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले सामान्य रुघाखोकी, ज्वरोका बिरामीहरु अस्पताल जाने क्रम बढेको भन्दै यस्तो आग्रह गरेका हुन् । सास फेर्न गाह्रो भएमा, वेहोस भएमा वा होला जस्तो भएमा वा पिसाव नभएमा वा कम भएमा मात्र अस्पताल जान आग्रह गरे ।

गौतमले भने, ‘रुघाखोकी वा ज्वरो आउँदैमा अस्पताल दौडिने गरिएको छ, त्यो नगरौं भनेको हुँ ।’

सरकारले पछिल्लो समय लक्षण नभएका संक्रमितहरुलाई अस्पतालमा भर्ना नगर्ने नीति लिएको छ । सरकारी तथ्यांकअनुसार १४ हजार ४११ जना संक्रमित होम आइसोलेसनमा छन् भने लक्षण भएका संक्रमितहरुलाई वेड पाउन गाह्रो छ ।

जनस्वास्थ्य विज्ञहरु भने कोरोना संक्रमित, चिकित्सकको प्रत्यक्ष निगरानीमा मात्र होम आइसोलेसनमा बस्नुपर्ने र कुनै समस्या आएमा अस्पताल जानुपर्ने बताउँछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds