नेपालमा पछिल्लाे २४ घण्टामा थप १४ जनाको मृत्यु

नेपालमा पछिल्लाे २४ घण्टामा थप १४ जनाको मृत्यु

corona death

File Photo.

कोरोना भाइरसका कारण थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुनसरीका ४५ वर्षीय पुरुष, मोरङका २० र ७२ वर्षीय पुरुष, सर्लाहीका ७१ वर्षीय पुरुष, काठमाडौंका ६८ वर्षीया महिला र ४८ र ९० वर्षीय पुरुष, ललितपुरका ४३ र ४९ वर्षीय पुरुष, भक्तपुरका ६८ वर्षीय पुरुष, मकवानपुरका ७७ वर्षीय पुरुष, धादिङकी ३१ वर्षीया महिला, नवलपरासी पुर्वका ३६ वर्षीय पुरुष र रुपन्देहीका ५७ वर्षीय पुरुष रहेका छन् ।

योसंगै नेपालभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६१४ पुगेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ