खुकुरी प्रहार श्रीमतीको हत्या गरेको अभियोगमा एकजना पक्राउ

खुकुरी प्रहार श्रीमतीको हत्या गरेको अभियोगमा एकजना पक्राउ

khukuri-prahar

झापा –  खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा उनका श्रीमान जिल्लाको कमल गाउँपालिका वडा नं २ त्रिवेणीचोक बस्ने ३४ वर्षीय रामजी थापा रहेका छन् ।

प्रहरीका अनुसार थापाले घरायसी विवादको क्रममा आफ्नै श्रीमती २४ वर्षीया रिता थापालाई खुकुरी प्रहार गरी हत्या गरेका थिए । घटनाको जानकारी लगत्तै ईलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरीको टोलीले उनलाई शनिवार साँझ पक्राउ गरेको हो ।

घटनाका बिषयमा थप अनुसन्धान गरिरहेको प्रहरिले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ