गोरखाका बैंकिंङ कसूर मुद्धाका फरार प्रतिवादी श्रेष्ठ चितवनबाट पक्राउ

गोरखाका बैंकिंङ कसूर मुद्धाका फरार प्रतिवादी श्रेष्ठ चितवनबाट पक्राउ

arrested

सांकेतिक तस्विर

काठमाण्डौ – बैंकिंङ कसूर मुद्धाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखा जिल्ला गोरखा नगरपालिका वडा नं -६ घर भएका ५२ वर्षीय राजेशबाबु श्रेष्ठ रहेका छन् ।

श्रेष्ठले २०७५ सालमा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको विभिन्न बैंकको चेक जानाजान एक महिलालाई सापटी लिएको रकम फिर्ता गर्नकालागि भन्दै दिएका थिए ।

उच्च अदालत पाटनको २०७७ जेठ ३० गतेको फैसलाले १५ दिन कैद र ३४ लाख रुपैयाँ जरिवाना तोकेको पश्चात फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले चितवनको रत्ननगरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि सोमबार जिल्ला अदालत चितवनमा पेश गरिएको व्यूरोले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ