तनहुँ । तनहुँमा थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जिल्लाको भिमाद-६ का एकै परिवार ३ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
गत असोज १९ गते तनहुँको भिमाद-६ का ७२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । त्यस्तै, असोज २४ गते भिमाद-६ का ७५ बर्षीय पुरुष बि. एण्ड बि. अस्पताल काठमाडौँमा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
यस्तै, असोज २५ गते भिमाद-६ का ९८ वर्षीय पुरुष मेडिसिटी अस्पताल काठमाडौँमा कोरोना कै कारण मृत्यु भएको हो । ९८ वर्षीय वृद्ध र उनका २ छोराको कोरोनाबाट मृत्यु भएको हो ।
मृत्यु हुने माइला छोरा र साइँला छोरा हुन् । बृद्धका कान्छा छोरामा १७ असोजमा कोरोना पुष्टि भएको थियो । अहिले उनी निको भएर घर फर्किएका छन् ।
संक्रमण पुष्टि भएकी माइलाकी श्रीमती शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत छन् । यस्तै, जेठा छोरासमेत कोरोना संक्रमित भएपछि अहिले काठमाडौंकै ह्याम्स अस्पतालमा उपचाररत छन् । जेठा छोराकी बुहारी पनि अहिले कोरोनाका कारण होम आइसोलेसनमै रहेकी छन् ।
योसंगै तनहुँमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ जना पुगेको छ । गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको निर्देशनालय गण्डकीले जनाएको छ ।

सम्बन्धित खबर
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?